नेपालकाे कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे पुर्वी भागमा अवस्थित रहेकाे चंखेली गाउँपालिका स्थापना हुनु भन्दा पहिला श्रिमस्ठा ,मिमी, दार्मा र मेल्छाम गा. वि. स . काे रुपमा रहेकाे थियाे
भने हाल चंखेली गाँउपालिका मा ६ वटा वडाहरू रहेका छन् ।
वडा १. रिमी
वडा २. दा्र्मा
वडा ३. मिमी
वडा ४. पिप्लाङ्
वडा ५. नेप्का र
वडा ६ . मेलछाम ।
। संघियता सहितकाे संविधानकाे मर्म अनुरुप मिती २०७३/११ /२७ गते नेपाल अधिराज्य भर ७५३ वटा स्थानिय तहकाे गठन भई नेपाल राजपत्रमा समेत प्रकाशित भयाे । ... हिमाली जिल्ला हुम्लाकाे सन्दर्भमा याे गाउँपालिका अार्थिक एवं पुर्वधार विकासकाे दिर्ष्ठीकाेणले निकै सम्भावना भएकाे गाउँपालिका हाे । याे गाउँपालिका स्याउ खेतीका लागि निकै महत्वपुर्ण मानिन्छ । साँस्कृतिक , धार्मिक एवं जातिय विविधताले भरिपुर्ण यस गाउँपालिकामा धार्मिक सहिष्सुणता र सामाजिक सद्भभाव नै शान्त र सम्वृद्बीकाे अाधार हाे । हाल वडा नं ४ मा चंखेली गाउँकार्यापालिकाकाे कार्यालय रहेकाे छ । लाेती खाेलाकाे किनारमा अवस्थित याे गाउँपालिका मुगु जिल्लाकाे सिमानासंग जाेडिएकाे छ ।
क्षेत्रफल : १३१०.४१ वर्ग कि. मि , जनसङ्ख्या : ६१५८, जनघनत्व : ४